राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

मंगलबार, असोज २५, २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी  छन्  । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए  ।    “उनको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्ककी  हुन् ”, उनले  भने “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।”    

    यही असोज २२  गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।  

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार