लेस्टरको पहिलो जित

मंगलबार, असोज १८, २०७९

काठमाडौं  । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ ।सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो २५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार