फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

आइतबार, असोज १६, २०७९

काठमाडौं :  इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । 

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।  इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परेको भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए । सो गर्दा पनि नियन्त्रणमा आउन नसकेको हिंसामा परी १ सय २७ भन्दा बढी फुटवल दर्शकको मृत्यु भएको हो । 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार