रविन्स शर्माको अध्यक्षतामा जनभावना क्याम्पसले पायो नयाँ सञ्चालक समिति 

शनिबार, असोज १५, २०७९

ललितपुर । दक्षिण ललितपुरको अग्रणी सामुदायिक क्याम्पस जनभावनाको १४ औं क्याम्पस सभाले शिक्षा क्षेत्रमा क्रियाशील रविन्स शर्माको अध्यक्षतामा ८ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरेको छ । क्याम्पस सभाले समितिको सदस्यहरूमा चरसुन्दर महर्जन, रामहरि घिमिरे, डिल्ली घिमिरे, बेदवहादुर लामा, सागरमणि न्यौपाने, कृष्णकुमार केसी तथा रचना महर्जनलाई सर्वसम्मतरूपमा चयन गरेको छ । सञ्चालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख शिवराज सञ्जेललाई चयन गरेको छ । 

309370274_2039097079615456_7378287883225762245_n1664618055.jpg


यसअघि क्याम्पस सभाको उद्घाटन सत्रमा निवर्तमान सांसद नवराज सिलवालले जनभावनालाई विश्व विद्यालयसम्म पु¥याउन आफ्नो सहयोग रहने बताउँदै शैक्षिक संस्थाहरूले व्यवाहारिक शिक्षा दिनेतर्फ केन्द्रित हुन सुझाव दिए । 
बागमती प्रदेशसभाका निवर्तमान सदस्य चेतनाथ सञ्जेलले जनभावना क्याम्पसले दक्षिण ललितपुरका साविकका १९ वटा गाविसका विद्यार्थीको उच्च शिक्षा प्रदान गर्ने उत्कृष्ठ थलो जनभावना क्याम्पस विद्यार्थीको अनुपातमा भौतिक पूर्वाधार  अभाव भएको औंल्याए ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनभावनाले शैक्षिक क्षेत्रमा गरिरहेको योगदान सन्तोषजनक भए पनि अझै अघि बढ्नु पर्ने चुनौति थपिएको बताए । 

309370685_669354011467240_6621676413575469883_n1664618079.jpg
स्थापना कालदेखि अहिलेसम्मको अवस्था हेर्दा क्याम्पस यो क्षेत्रमै गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ नगर प्रमुख महर्जनले भने, ‘क्याम्पसलाई गोदावरी नगरपालिकाले पनि सहयोग गर्दै आएको छ ।’ 
क्याम्पसकी पूर्व विद्यार्थी एवम् ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अहिलेको हाम्रो शिक्षाले श्रमिक भन्दा पनि मजदुर उत्पादन गरिरहेको भन्दै व्यवहारिक ज्ञानसहितको शिक्षा दिन सकेको भए युवा पुस्ता जागिर, विदेश वा अन्य क्षेत्र भन्दै भौतारिनु पर्ने अवस्था नआउने बताइन् । 
जनभावनाको अवस्था
विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यूएए) प्राप्त जनभावनाले गुणस्तरीय शिक्षाको माध्यमबाट विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गरी समाज रुपान्तरण गर्ने उत्कृष्ट नेतृत्वदायी उच्च शैक्षिक संस्थाको रुपमा विकास हुने दूरदृष्टि राखेको छ । 
नयाँ ज्ञान उजागर गरी समृद्धितर्फ उन्मुख हुन विद्यार्थीलाई सक्षम बनाई जीवनका चुनौतीहरूको सामना गर्ने प्रतिस्पर्धी योग्य र सिर्जनशील जनशक्ति तयार गर्नु क्याम्पले ध्येय राखेको सदस्यसचिव एवम् क्याम्पस प्रमुख शिवराज सञ्जेलले पेश गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । 

309031755_460928472725730_692834186519240909_n1664618067.jpg
विश्व विद्यालय अनुदान आयोगबाट मिति २०७६ साल पुष ७ गते Institutional Accreditation Certificate प्राप्त गरी काठमाडौ उपत्यकाकै पहिलो QAA प्राप्त सामुदायीक क्याम्पस जनभावनामा स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका विभिन्न विषयमा अध्यापन भइरहेको छ । 
स्नातक तह मानविकी सङ्कायमा प्रविधिकधारको Bachelor in Computer Application (BCA)  समेत अध्यापन भइरहेको छ । साथै, यसै वर्ष शिक्षाशास्त्र सङ्कायमा प्रविधिकधारको Bachelor in Information and Communication Technology Education  (BICTE)  अध्यापन अनुमति प्राप्त भएको छ । स्नातक तहका तीनवटै सङ्कायमा हाल ६२४ जना विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तर तह व्यवस्थापन सङ्कायअन्तर्गत ३२ विद्यार्थीसहित शैक्षिक सत्र २०७९ मा ६५६ जना विद्यार्थी अध्ययनरत छन्  ।  

309930319_602074984977505_1978004300346538253_n1664618096.jpg
भविष्यका योजना 
मानविकी सङ्कायअन्र्तगत स्नातकोत्तर तहमा हाल प्रभावकारी मानिएका BBA  तथा अन्य प्राविधिक, व्यावसायिक तथा सिपमूलक विषय अध्यापन अनुमति प्राप्तिका लागि पहल भइरहेको छ । पत्रकारिता विषयको पूर्वाधारका रुपमा सञ्चालित रेडियो स्टुडियोलाई स्तरोन्नति गरिएसँगै अनलाइन रेडियोको सञ्चालनकोे अनुमति प्राप्त गरी नियमित प्रसारणका लागि सम्बन्धित निकायमा पहल गरिरहेको छ ।

क्यायापस र समुदाय बीचको सबन्धलाई थप प्रभावकारी बनाउने तथा यस क्याम्पसमा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा विद्यार्थीहरुका लागि अध्ययन सामग्रीको साथमा अनलाइन सञ्चार सुबिधा सहितको  www.jbckhabar.com अनलाइन मिडिया, रेडियो, टिभि लाइभको सुविधा सहितको) दर्ता गरी सञ्चालनको अन्तिम चरणमा पुगेको तथा Non Credit Course का थप पाठ्यक्रमहरु तयार गर्ने कार्य गरिरहेको सदस्य सचिवको प्रतिवेदनमा उल्लेख छ । Digital Zoom Studio को निर्माण सम्पन्न भएसँगै स्वेदेशी तथा विदेशी क्याम्पस तथा विश्वविद्यालयहरूसँगको सहकार्यमा national/international workshop तथा seminar आयोजना गरी शिक्षण सिकाई क्रियाकलापलाई अझै प्रभावकारी बनाउँदै लैजाने तथा peer reviewed journal को नियमित प्रकाशनको कार्यलाई अघि बढाउने लक्ष्य लिएको सदस्य सचिवको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक, व्यावसायिक तथा सिपमूलक विषयमा Autonomous Program सञ्चालनको लागि विज्ञहरु एवम् सञ्चालक समितिका बीच छलफल गरिरहेको जनाएको छ । 

309360472_460829696065941_8304542463533458195_n1664618113.jpg

गुणस्तर सुधारका प्रयास  
विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक भ्रमण र अवलोकन भ्रमणलागयतका कार्यक्रम नियमित रुपमा अघि बढिरहेका, Moodle Software को प्रयोग गरी आफ्नै Online learning portal https://janabhawana.egskill.com सञ्चालन, प्रयोगात्मक कक्षा, प्रस्तुतीकरण कक्षा,  Visiting Class लगायतका कार्यक्रमहरु सञ्चालित गरिरहेको जनाएको छ ।
क्याम्पसले विभिन्न सङ्घसंस्था, बैङ्क, अस्पताल, व्यवसायिक कम्पनी, सहकारी लगायतका सङ्घसंस्था सँग MOU गरी विद्यार्थीलाई अनुसन्धानमुलक कार्यमा सहभागी गराउने, internship र job placement का कार्य सुरु भइसकेको छ ।  साथै कक्षा कोठामा smart board र प्रोजेक्टर जडान, सिसी टिभी जडान लगायतका परियोजना सम्पन्न गरेको छ । 
पत्रकारिताका विद्यार्थीलाई गत वर्षदेखि सञ्चारमाध्यमसँग अन्तरक्रिया गराउने, रिपोर्टिङ गराउने कार्य सुरु भएको छ भने क्याम्पसका तर्फबाट www.jbckhabar.com सञ्चालनको अन्तिम चरणमा रहेको सदस्य सचिवको प्रतिवेदनमा उल्लेख छ । 
 

क्याम्पसको जनशक्ति 
क्याम्पसमा ७ जना स्थायी, ६ जना अस्थायी, १४ जना करार÷आंशिक करारमा प्राध्यापनरत प्राध्यापक कार्यरत छन् ।  दैनिक प्रशासन सञ्चालनार्थ ६ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको छ । कर्मचारीतर्फ १ जना स्थायी, ३ जना अस्थायी, २ जना करारमा कार्यरत छन् । साथै १ जना स्थायी र १ जना करार  गरि कूल ८ जना कर्मचारी रहेका छन् । कुचिकारको रुपमा १ जना कर्मचारी कार्यरत रहेका छन् भने १ जना सुरक्षा गार्डकोे व्यवस्था गरिएको छ । 
दैनिक कार्यसम्पादनमा सहज होस् भन्ने उद्देश्यले १५  ओटा प्रशासनिक विभाग, सेल तथा युनिटहरु खडा गरिएको छ । सबै, विभाग तथा इकाइहरुका योजना-कार्यक्रमहरुलाई एकिक्रित गर्ने उद्दश्यले Integrated Annual Plan  निर्माणको थालनी गरिएको छ । हाल क्याम्पसमा लेखा, परीक्षा, प्रशासन, पुस्तकालय, शैक्षिक व्यवस्थापन सुचना प्रणाली (EMIS) इकाइ, अनुसन्धान व्यवस्थापन (RMC) इकाइ,  उच्च शिक्षामा विशिष्टताको प्रबद्र्घन कार्यक्रम (Nurturing Excellence in Higher Education Program – NEHEP), IQAC, Health Care Management, Student Counselling and Employment Support Cell, PSDU, PIC, SQC लगायत छन् । 
भौतिक विवरण
क्याम्पसको नाममा २ ओटा पक्की भवनसहित ५ रोपनी ९ आना जग्गा रहेको छ । शैक्षिक कार्यक्रम र विद्याथी सङ्ख्याको अनुपातमा जग्गा अपुग देखिएको छ । गोदावरी नगरपालिका वडा नं. १० र ११ मा २५–१४–०–० जग्गा प्राप्तिको लागि नगरपालिकाको सिफारिसमा जिल्ला जग्गा व्यवस्थापन समितिबाट निर्णय भई भोगाधिकारको निमित्त प्रक्रियामा रहेको छ । क्याम्पसले Master Plan तयार गरिसकेको छ । गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा रहेको २–९–०–० जग्गालाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने कार्यक्रम क्याम्पसले लिएको छ । क्याम्पसले शैक्षिक कार्यक्रमलाई चुस्तता दिन १५ वटा विभिन्न उपसमिति तथा विभागको नीतिगत रुपमा व्यवस्था गरेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार