सकियो ख्वप फुटसल टुर्नामेन्ट

शुक्रबार, असोज १४, २०७९

भक्तपुर ।  ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ ।

प्रतियोगिताको  छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन सफल भएका छन् । खेलमा बीबीएस तेश्रो वर्ष सीलाई हराई बीबीएस चौथो वर्ष छात्रतर्फ प्रथम र बीबीएस तेश्रो वर्ष वीलाई हराउँंदै बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम भएको हो ।

307962113_511437444152659_3644363217719475458_n1664491500.jpg

प्रतियोगिताका विजयी टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकायमा अध्ययनतर स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार