सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । बडा दशैको अवसरमा ललितपुर महानगरपालिका वडा १४ तिखेदेवमा रहेको सामुदायिक केन्द्र उमा महेश्वर ब्याडमिन्टन क्लवको आयोजनामा छैठौँ अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ब्याडमिन्टन प्रतियोगितामा प्रथम विक्रम कार्की , केशब नेपाल दुतिय चित्रदेब जोसी , यम गुरुङ तथा तृतियमा रमेश नेपाल र बद्री नेपाल भएका छन् । प्रतियोगितामा विजयी हुनेलाई मेडल र सिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा विजयी हुनेलाई वडा अध्यक्ष अमृतजंग महतले शुभकामना दिदै उनले खेलको बिकास गर्न वडाले पनि आर्थिक सहयोग गर्ने बताए । उनले खेलकुदको क्षेत्रमा विकास गर्दै सार्वजनिक जग्गमा पार्क निर्माण गर्ने बताए । उनले भने नखिपोट क्षेत्रमा खुल्ला ठाउँ छैन । महिला सदस्य संगिता अछामीले खेल क्षेत्रमा महिलालाई पनि पुरुषहरु सहर सहभागी गराउन आग्रह गरीन् उनले भनिन् महिलाहर पनि सक्षम छन् । पुरस्कार वितरण कार्यक्रमा क्लवका पूर्व अध्यक्ष , सल्लाहकार तथा टोल सुधारका अध्यक्षहरुको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष विक्रम कार्कीले खेलको विकासमा सहयोग गर्नेलाई धन्यवाद दिए ।