नेपाल फर्कने तयारीमा संदिप लामिछाने

अझै खुलेन कहाँ छन् भन्ने   
सोमबार, असोज १०, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दिप लामिछाने आफू नेपाल फर्किने तरखरमा रहेको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकका सोमबार लामो स्टाटस लेख्दै उनले जति सक्दो चाँडो नेपाल फर्किएर आफूविरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । 
सन्दिम लामिछानेविरुद्ध एक नावालिका युवातीले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । उजुरीपछि प्रहरी सन्दिपविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको छ । उनले लेखेका छन्, ‘मविरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । मविरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए ।’ 

san cri1664177267.jpg
मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी  सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन उनले लेखेका छन् ।  
‘यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई आइसोलेसमा राखेर बसेको छु’ निलम्वित कप्तान सन्दिपले लेखेका छन् । 
झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु उनले भनेका छन्, ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ ।’ 

sa 11664177647.JPG

sa 21664177658.JPG
क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ उनले लेखेका छन्m  ‘मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा । राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ ।’

sna1664177298.jpg
मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु उनले भनेका छन्,  ‘मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु ।’
म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र मविरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु’ उनले लेखेका छन् । 
१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो उनले विगत सम्झँदै लेखेका छन्,  ‘त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन । सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ ।’ 
म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु उनले लेखेका छन् । 

san ji1664177331.jpg

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार