नेदरल्यान्डस् नेसन्स लिगको फाइनल चरणमा

सोमबार, असोज १०, २०७९

काठमाडौं । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १-० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

बिहीबार पोल्यान्डमाथिको जितपछि नेदरल्यान्ड्सले समूह विजेताको रुपमा फाइनल प्रवेश गर्ने सम्भावना बलियो पारेको थियो । 

फाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई आइतबार बेल्जियमविरुद्ध फराकिलो हार टार्नु थियो । ७३औं मिनेटमा भान डाइकले गरेको गोल डेनमार्कको फाइनल यात्रा तय गर्नका लागि पर्याप्त बन्यो । 

लिग ए ग्रुप ४ मा नेदरल्यान्ड्स ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बेल्जियमको समान खेलमा १० अंक रह्यो । तेस्रो स्थानको पोल्यान्डको सात अंक रह्यो भने चौथो स्थानको वेल्सको मात्र एक अंक रह्यो ।

यता पोल्यान्डसँग १-० को हारपछि वेल्स भने लिग बी मा घटुवा भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार