गाविस सविचसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 

आइतबार, असोज ९, २०७९

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार