विकास सापेक्षित हुन्छ : ऊर्जामन्त्री भुसाल

शनिबार, असोज ८, २०७९
Global Ime Bank

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास सापेक्षित   हुने   बताउँदै भुगोलले पनि विकासमा प्रभाव पार्ने उल्लेख गरिन् । नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाले वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा उनले विकट भौगोलिक अवस्थिति रहेपनि पछिल्लो राजनीतिक परिवर्तन पछिको कालखण्डमा ललितपुर क्षेत्र नं १ का हरेक  वडामा  मोटरबाटो   पुगेको  बताइन् त्यसैले  विकास  भइरहेको छ ।
दक्षिण ललितपुरको भूगोल विकास मैत्री नभएको भन्दै हिँउदमा राम्रो बनाएको बाटो बाटो वर्षा याममा तल र माथिबाट सबै बिग्रने गर्दा विकासमा पछि परेको जस्तो भान हुने गरेको उनले बताइन् ।
कान्ति   लोक पथ  पनि   भूबनावटकै कारण वर्षाै देखि विनियोजित बजेट  बालुवामा पानी खन्याए जस्तो  भएको उनले बताइन् ।डोजर डाईभरका भरमा विकास भएको छ उनले सुनाइन् ।

308045755_3356567051275141_871031195917214620_n1664021511.jpg
जिल्ला  समन्वय समिति ललितपुरका प्रमुख   ऋषिदेव  फुँयालले जिससले हिजोको  जसरी काम  गर्न नसक्ने उल्लेख गर्दै अनुगमन  गर्ने जिम्मा दिएपनि अनुगमनका लागि स्थानीय, प्रदेश तथा केन्द्रमा फरक फरक संयन्त्रको व्यवस्था हुँदा प्रभावकारी नभएको बताए ।   
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष  कृष्णमान   लामाले सरकारहरुले नीति  गत   विकास   गर्दा   सहकार्य  गर्नुपर्नेमा जोड दिए । लगनखेल सातदोबाटोमा  गत वर्ष सम्पन्न भएको कामलाई अहिले अर्काै ढंगले गरेको देखिन्छ तर ग्रामीण भेगका आवश्यकता पहिचान गरी काम भएको देखिदैन अध्यक्ष लामाले भने । लगनखेर र दक्षिण ललितपुरको हुचीटार   र साहुमारालाई    जोड्ने विकास मोडलको खोजी गर्नुपर्ने बताए ।
ललितपुर  महानगर र गोदवारी नगरपालिकालाई  मिठो   पानी   खुवाउन सकिने भएपनि निती निर्माणकर्ता ठूला एवम् टाढाका योजनामा मात्रै केन्द्रित भएकोमा दुख व्यक्त गरे ।
कोन्ज्योसोमले ललितपुरलाई मिठो पानी खुवाउन सक्छ तर सरकार मेलम्चीबाट पानी ल्याउन कस्सिएको कस्सिएै छ उनले भने ।
जिल्ला  समन्वय समितिका उपप्रमुख  रामलाल  थिङले विकास निर्माण कार्यमा सहकार्यको खाँचो औल्याए ।  
नेपाली काङ्ग्रेस  ललितपुरका सभापति  जितेन्द्र कुमार  श्रेष्ठले  
पत्रकारलाई विषय वस्तुको गम्भिरता बुझेर कलम चलाउन आग्रह गरे ।
नेपका  एकीकृत   अध्यक्ष हरिकृष्ण  थापा,  माओबादीका जिल्ला  संयोजक  शिव कटेलले   चाड  पर्व   भड
किला हुँदै गएको स्मरण गर्दै धर्म सस्कृति   जोगाउनु   पर्ने बताए ।  

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार