आप्रवासी डुङ्गा दुर्घटनाः त्रिपन्न जनाको मृत्यु

शुक्रबार, असोज ७, २०७९

बेरुत  ।   सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ ।  करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका  छन्  । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए ।  दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार