मैत्रीपूर्ण खेलका लागि बंगलादेश आज आउँदै

शुक्रबार, असोज ७, २०७९

काठमाडौं । एक मैत्रीपूर्ण खेलका लागि बंगलादेशी पुरुष फुटबल टिम आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । 

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो । बंगलादेशले बिहीबार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा घरेलु टिममाथि बंगलादेशले १–० को विजयी भएको थियो । 

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार