भक्तपुरको मनोहरा फाँटमा ट्रकको ठक्करबाट बालकको मृत्यु 

शुक्रबार, असोज ७, २०७९

भक्तपुर    । भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो । सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार