सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (एमाले) मा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रवेश गरेका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उनलाई एमालेमा प्रवेश गराएका हुन् । पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशका लागि काम गर्ने पार्टी भएकोले निर्वाचनमा जिताउन आग्रह गरे । उनले एमाले जनताका समस्या र भावनालाई सम्बोधन गर्ने एकमात्र पार्टी रहेको बताए । एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनताको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे ।