राजेन्द्र र आनन्द पहिलो

बिहीबार, असोज ६, २०७९

काठमाडौँ । गोड स्पिन क्लब पाटनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् ।
पुरुष भेट्रान सिङ्गल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौँ खेल मण्डल (केकेएम)-न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा पौडेललाई ११–८, ८–११, १२–१० र ११–३ को सेटमा पराजित गरे । ललितपुरका किरण व्यञ्जनकार र एनिजका प्रकाश धाक्वा तेस्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभीएम) का मदन आचार्यलाई ११–२, ११–४ र ११–७ को सोझो सेटमा हराए । डिल्लीबजारका पूण्य पौडेल र कान्तिपुर भ्याली पिङपोङ क्लबका जगदिशवरप्रसाद जोशी तेस्रो बने ।
जुनियर गल्र्स यु–१९ सिङ्गल्समा मोर्डन कलेजकी दिया देउलाले नेपाल आर्मीकी सुस्मिता खड्कालाई १७–१५, १४–१२ र ११–७ तथा एपीएफकी वियंका राईले केकेएम÷एनआरटीकी अन्जु सुवाललाई ११–८, ११–७ र ११–६ को सीधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम÷एनआरटीका धनञ्जय दाहाल र हिमाल विष्ट तथा एपीएफका रुविन महर्जन सेमिफाइनलमा पुगे । प्रतियोगितामा पुरुष÷महिला, क्याडेट र जुनियर ब्वाइज÷गल्र्स सिङ्गल्स छ तथा भेट्रानमा पाँच गरी जम्मा ११ स्पर्धा समावेश गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार