सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धनमा आज बिहानैदेखि छलफल हुने

मंगलबार, असोज ४, २०७९
Global Ime Bank

काठमाडौं ।  प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल पनि टुंगो बीनै सकिएको छ । मंगलबार बेलुकी कुनै निष्कर्ष बीन सकिएको बैठक बुधबार टुङ्ग्याउने बताएका छन् । 

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुन: छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।

भोलिसम्ममा सिट बाँडफाँटबारे टुंगो लाग्ला ?

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । 

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् ।  बैठकमा सहभागी एक नेताले भोलिसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे ।  'छलफल जारी छ । आजसम्म टुंग्याउने भन्ने सहमति भएको छ' उनले भने ।  १ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो । 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार