नेपालविरुद्ध बंगलादेशले फेरि थप्यो अर्को गोल

सोमबार, असोज ३, २०७९
Global Ime Bank

काठमाडौं   ।  काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालमाथि बंगलादेशले फेरि अर्को गोल थपेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् । नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार