नवौं राष्ट्रिय खेलकुदको पहिलो पदक सुदूरपश्चिमलाई

शुक्रबार, भदौ ३१, २०७९
Global Ime Bank

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कास्य पदक जितेको छ । सुदूरपश्चिमले नवौं राष्ट्रिय खेलकुदमा कास्य जितेसँगै पदकको खाता खोलेको हो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम र एनआरएनए एकेडेमीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने तालिका थियो । तर, वर्षाका कारण खेल सम्भव नभएपछि कास्य पदकको निर्णय टसबाट गरिएको हो ।

खेल सम्भव नभएपछि पदकका लागि भएको टस सुदूरपश्चिमले जित्यो  र कास्य पदकमा आफ्नो नाम लेखायो । त्यसअघि बिहान हुने भनिएको खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङको निर्णय गरेको थियो । तर, वर्षाका कारण सुदूरपश्चिम ब्याटिङका लागि मैदानमा भने आउन सकेको थिएन ।

आजै हुने प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । नवौं राष्ट्रिय खेलकुद २८ असोजबाट तीन कात्तिकसम्म गण्डकी प्रदेशमा हुँदैछ । तर, सोही समयमा नेपाल टी-२० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको थियो ।  

हालै मात्र गृह मन्त्रालयले सो समयमा सुरक्षा उपलब्ध गराउन नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० दुई महिना पछिलाई सारेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार