प्रधानमन्त्रीले सार्वजनिक गरे नवौँ राष्ट्रिय खेलकुदको ट्रफी 

शुक्रबार, भदौ ३१, २०७९
Global Ime Bank

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको  ट्रफी सार्वजनिकीकरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन् । 
सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताए । उनले भने, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”
नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उनले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिए । उक्त ट्रफी चाँदी र सुन जडित करिब १० लाख रुपैयाँको लागतमा तयार गरिएको हो । 
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । 
उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पु¥याएर प्रतियोगितास्थल पोखरामा लगिने उनले जानकारी दिए । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार