कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई

बिहीबार, भदौ ३०, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उमेदवारका लागि आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ । 

बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो ।

१६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ । देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार