नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीले गण्डकीलाई हरायो

बुधबार, भदौ २९, २०७९
Global Ime Bank

काठमाडौं,  ।  नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो ।गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले १४ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको बनाएको थियो । गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रनको योगदान गरे । समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँचबाट ६ अंक जोडेको छ । समान खेलबाट गण्डकीले चार अंक छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार