ललितपुरका सहकारीकर्मीलाई लाग्यो चुनाव

पाथीभरा साकोशका अनुप न्यौपानेले दिए सञ्चालक समितिको सदस्यमा उम्मेदवारी
शनिबार, भदौ २५, २०७९

ललितपुर । ललितपुरका सहकारीकर्मीलाई चुनाव लागेको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ गते हुने चुनावी साधारण सभाका कारण यहाँका सहकारीकर्मीलाई चुनाव लागेको हो ।
संघको चुनाव अन्तर्गत सोमबार मतदान हुने कार्यक्रम छ । चुनाव नजिकिएसँगै ललितपुरको सहकारी अभियानमा सरगर्मी पनि बढेको छ । संघको २८ औं वार्षिक साधारणसभा सोमबार हुँदैछ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।  साधारण सभाले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम छ ।
साधारण सभाकै सन्दर्भमा आज शनिबार उम्मेदवार मनोनयन कार्यक्रम तय गरिएको थियो ।
अभिवक्ता लक्ष्मण महर्जनको संयोजकत्वमा तेजप्रसाद बजगाई र चन्द्र लाल डंगोल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ ।
संघको सञ्चालक समितिको सदस्य पदमा ललितपुर लखनखेलमा कार्यालय रहेको पाथीभरा साकोसका अनुप न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । यो पदमा न्यौपाने सहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपानेको उम्मेदवारी दर्ता २१ औं नम्बरमा रहेको छ ।

viber_image_2022-09-10_21-17-10-8951662825967.jpg
संघको नेतृत्वका लागि वर्तमान अध्यक्ष रामहरि बजगाई दोहोरिन चाहेका छन् । हेलो साकोका बजगाईंसँगै पेनोरमा साकोसका नरेन्द्र महर्जनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा करुणारन्त बज्राचार्य तथा कर्ण देसारको उम्मेदवारी परेको छ ।

viber_image_2022-09-10_20-38-05-4751662826023.jpg

viber_image_2022-09-10_20-38-04-7701662826083.jpg

viber_image_2022-09-10_20-38-04-1101662826100.jpg

उपाध्यक्ष पदका लागि लक्ष्मी शाक्य तथा उज्वला बज्राचार्य शाक्यको उम्मेदवारी परेको छ भने सचिवन पदमा तीन जनाले प्रतिस्पर्धा गर्न चाहेका छन् । सचिव पदमा श्यामकृष्ण महर्जन, राजु ताम्राकार र दिपक घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कोषाध्यक्ष पदमा पनि दुई जना वसन्त माली र विभुशोन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा पनि किशोर घिमिरे र सानुकाजी महर्जनको उम्मेदवारी परको छ । लेखा सुपरिवेक्षण समितिको सदस्य पदका लागि ५ जना चुनावी मैदानमा छन् ।
निर्वाचन कार्यतालिका अनुसार भोलि आइतबार दाबी विरोधमाथि छानविन, उम्मेदवारको पुन नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साधारण सभाको महत्वपूण दिन सोमबार उम्मेदवारीको प्रचार प्रसार, मतदान, मतगणना र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार