यु-१७ साफ च्याम्पियनसिप : भारतविरुद्ध दुई खेलाडी परिवर्तन

सिमन्त कप्तान
शुक्रबार, भदौ २४, २०७९
Global Ime Bank

काठमाडौं । यु-१७ साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती ११ सार्वजनिक गरेको छन्। चोटका कारण कप्तान प्रशान्त लक्ष्यम टोलीमा छैनन् । उनको स्थानमा सिमन्त थापाले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् ।

त्यस्तै पहिलो खेलमा अवसर पाएका सिजन राईले पनि भारतविरुद्ध टोलीमा स्थान बनाउन सकेनन् । उनीहरुको स्थानमा लक्षु थापा र मिराक लिङ्देनले टोलीमा स्थान बनाएका छन् ।

पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भुटान दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह ‘बी’ को विजेता बन्ने दौडमा छन् ।

नेपाली टोली

गोलकिपरः क्रिसल मोक्तान

रक्षकः सिमान्त थापा(कप्तान), अश्विन घोरासैनी,दिपक थापा मगर

मिडफिल्डरः युनिस बुढाथोकी , हरिस भट्ट,निशान्त तामाङ,मिराक लिङदेद, लक्षु थापा

स्ट्राइकरः निरोज कार्की, सुवास बम

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार