भगवतीलाई यु–१६ टिमको जिम्मा 

बिहीबार, भदौ २३, २०७९
Global Ime Bank

काठमाडौं,  ।  यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो । उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार