पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं । पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ । नेपाली आधुनिक पत्रकारिताका संस्थापकका रुपमा समेत परिचित श्रेष्ठले गरेका भ्रमणका अनुभूति पुस्तकमा समेटिएको छ । युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका मार्मिक अनुभव तथा अनुभूतिहरु पुस्तकमा समेटिएको प्रकाशक कामना न्यूज पब्लिकेसन्स प्रालिले जनाएको छ । नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती पुस्तकमा समेटिएको छ । राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश र विदेशमा प्रभावशाली घटनाका सन्दर्भ पुस्तकमा समेटिएको छ । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छाडेर अमेरिका विस्थापित हुने संघारमा पुगेका श्रेष्ठले तनावका सन्दर्भ समेत समावेश गरेका छन् । ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् । ३४८ पृष्ठको पुस्तकको मूल्य एक हजार २५० रुपैयाँ राखिएको छ । श्रेष्ठको २०७६ वैशाख ४ मा मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार