मोबाइलको कुलतबाट टाढै राख्न फुटबल तालिम शुरु    

 १४ वर्षमुनीका वालवालिकाहरुलाई  लक्षित     
शनिबार, भदौ १८, २०७९
Global Ime Bank

 ललितपुर ।  ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गरेका  थिए  ।  वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबले भविश्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि  र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो ।   तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन । भविश्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताए  ।  उनले भने –आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौ । वालवालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम सञ्चालन गरेका हौ–अध्यक्ष खड्काको भनाई थियो ।   301456839_3411458395801728_4524640913052928074_n1662200057.jpg


 कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दीपक थापामगरले वडा कार्यालयले क्लबको सपना पुरा गरेको बताए  । जिल्ला फुटबल संघ ललितपुरका उपाध्यक्ष समेत रहेका  अध्यक्ष थापाले क्लबलाई ए डिभिजनमा पु¥याउने उद्देश्यले १४ वर्ष मुनिका वालवालिकालाई छनौट गरेको बताए  ।  उनले भने – वालवकालिकाको पढाइमा असर नपर्नेगरी तालिम निरन्तर हुनेछ ।  उनले वलवालिकालाई दुब्र्यसनीबाट टाढै राख्न पनि  खेलकुदको विकास अपरिहार्य रहेको बताए  । क्लबले यसअघि जिल्ला र राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा  फुटबल प्रतियोगिता खेलिसकेको छ ।   300808352_7989027001138682_4590763667953063942_n1662200102.jpg
 एन्फाका प्रशिक्षक नरेश थापा र सहायक प्रशिक्षक सुमन थापाले प्रशिक्षण दिने छन्  । तालिममा  ५५ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षकको सुझाव र सल्लाहको आधारमा प्रशिक्षण शुरु गर्नेछ । वडाका जनप्रतिनिधिहरुले पदबाहली गरेको सय पुरा भएके अवसरमा  तालिम सञ्चालन गरिएको वडा सदस्य गोपाल डंगोलले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार