Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

वरिष्ठ पत्रकार बबिता बस्नेतको ‘समय साक्षी’ सार्वजनिक

बुधबार, भदौ १५, २०७९

काठमाडौँ, ।  वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उहाँका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे  । कार्यक्रमलाई सम्बोधन गर्दै  पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक आएको बताए  । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए  । लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको  जानकारी दिए  । पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै  कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताए  । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाए  । “चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ”, कथाकार ढुङ्गानाले भने  ।

लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउनुहुँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन्  । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन्  । कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताए   ।
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
सपनाको सपना
बुधबार, भदौ १५, २०७९

भो, दसैंको कुरा नगर
बुधबार, भदौ १५, २०७९