ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनद्धारा साहित्यकार  कायस्थको स्वास्थ्य लाभको कामना

बिहीबार, भदौ ९, २०७९

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अस्वस्थ भई घरमै आराम गरिरहेका साहित्यकार छत्रबहादुर कायस्थलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  ललितपुर महानगर वडा नं. १२ निवासी कायस्थका कला, साहित्य र संस्कृतिसम्बन्धी पाँच दर्जनभन्दा धेरे पुस्तक प्रकाशित छन् । 

Sequence 02.00_03_54_00.Still0021661406793.jpg
महानगरप्रमुख महर्जनले कायस्थको स्वास्थ्य उपचारका लागि आवश्यक पर्दा महानगरले सहयोग गर्ने बताए । 
नगरप्रमुख महर्जनले भने, ‘उहाँले कला साहित्य र संस्कृतिमा पुर्‍याउनु भएको योगदानको सम्मान गर्दै यस्तो सोच बनाएका हौं ।’ ललितपुर महानगरले कला, साहित्य र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार