खेलाडीहरुले गरे स्पोर्टस क्लाइम्विंग

मंगलबार, भदौ ७, २०७९
Global Ime Bank

काठमाडौं ।  विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन् । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन् ।

राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा विभिन्न खेलका खेलाडीहरुलाई क्लाइम्विंग अभ्यास गराइएको थियो । सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । यस अन्तर्गत पहिलो दिन आइतबार प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए । 

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको आयोजक एकेडेमीका अध्यक्ष कल्पना महर्जनले जनाइन् ।

खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको कल्पनाले जनाइन् । 

300034897_449527093758706_1307232590583585437_n1661241204.jpg

राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा क्लाइम्विंग अभ्यास गराइएको हो । सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो । तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीका अध्यक्ष कल्पना महर्जनले खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको जनाइन् । कार्यक्रमको उदघाटन नेशनल क्लाइम्विंग स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि धरेलले गरेका थिए

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार