८१ वर्षीया डेनमार्ककी महिला पाँच केजी हेरोइनसहित पक्राउ

पाको उमेरमा पनि अपराध कर्म
शनिबार, भदौ ४, २०७९

वार्सा । यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।
बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन् ।
डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागूऔषध बरामद गरिएको हो ।
बरामद भएको लागूऔषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो । ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । उनले कुनै पनि गलत काम नगरेको बताएकी छन् । पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिनेछ ।
गैरकानुनीरुपमा प्रतिबन्धित लागूऔषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नुपर्नेछ ।
यसैबीच डेनमार्क सरकारले आफ्ना नगारिक लागूऔषधसहित पोल्यान्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको बताएको छ ।– रासस÷एपी

 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार