माओवादीले टुंग्याएन पदाधिकारी चयन

शनिबार फेरि बैठक बस्ने 
शुक्रबार, भदौ ३, २०७९

काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक बिना निष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्‍यौं,’ महराले भने। पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । 

भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार