नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

बिहीबार, भदौ २, २०७९

काठमाडाैं, । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेकाे छ ।बिहीबार दिनभर छलफल भएको साे विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । साे विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनले  मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गरे । 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार