नागरिकता विधेयकमाथि छलफल जारी 

बिहीबार, भदौ २, २०७९

काठमाडौँ, ।  नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफल जारी छ ।   प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन  विधेयक, २०७९  का सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राख्नेक्रम जारी छ ।   सांसद अनिलकुमार झाले युवाको भविष्यलाई हेरेर नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा राज्यविहीन हुने अवस्था भएको बताए  ।  सांसद डा भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको भन्दै नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने तर वास्तविक नेपाली नागरिकता पाउनुपर्नेमा सबैको मत भएको धारणा राखे  । 
    
    सांसद महेश बस्नेतले नागरिकलाई नागरिकता दिने विषयमा कुनै पनि समस्या नभएको तर तेस्रो मुलुकका व्यक्तिले नेपाली नागरिक विवाह गर्दा नागरिकता लिएर यहाँ बस्छ भन्ने सोच्न नहुने धारणा राख्  ।सांसद तेजुलाल चौधरीले नागरिकताका कारणले पढ्न, विदेश जान, बैंक खातासम्म खोल्न नपाएर भविष्य अन्यौलमा परेको हुनाले विधेयक पास गर्नुपर्ने तर नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए  ।    सांसद गणेश पहाडीले आफैँले बनाएको संसद्को विनियमावलीलाई प्रयोग गरेर यो विधेयकलाई समितिमा लगी छलफल गरेर मात्र पास गर्नुपर्ने धारणा राखे  । सांसद राधाकुमारी ज्ञवालीले राष्ट्रलाई फसाउने तरिकाले गठबन्धन सरकारले विधेयक ल्याएको र फिर्ता आएपछि पनि छलफल नै नगरी पास गर्न खोजेको आरोप लगाइन्  । नागरिकता विधेयकमाथि सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।  रासस 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार