माओवादी स्थायी कमिटी बैठक बस्दै

बिहीबार, भदौ २, २०७९

काठमाडौं । दाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । 

माओवादी बैठक बुधबार पनि बसेको थियो । 

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार