सिट बाँडफाँड कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक

बिहीबार, भदौ २, २०७९

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । 

चुनाव आगामी मंसिर ४ गते तय भएको छ । 

कार्यदलको बुधबारको बैठकले शीर्ष नेताहरूबीचको छलफलबाट सिटबारे टुंगो लगाउने निर्णय गरेको थियो । 

कार्यदलले स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत मोडल प्रस्ताव गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार