कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मंगलबार, साउन ३१, २०७९

 

सुर्खेत,।   कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी परियारले दुई विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले साउन २५ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले बताए ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार