फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

मंगलबार, साउन ३१, २०७९

काठमाडौं,   ।अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार