राप्रपाको दाेस्राे चरणकाे आन्दोलन, किसानको समस्या समाधानका लागि कृषिमन्त्रीलाई ज्ञापनपत्र 

मंगलबार, साउन ३१, २०७९

 

काठमाडौं, । महंगी, भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले किसानको समस्या समाधानको पहल स्वरुपमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमअनुसार राप्रपाको किसान संगठनले मंगलबार  कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको हो ।  संगठनका अध्यक्ष राममणि न्यौपानेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । केन्द्रमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहँदा देशभरका जिल्लाको कृषि ज्ञान केन्द्रमा जुलुस र  धर्ना कार्यक्रम भएको छ । 299370772_1234152394086038_1088373759817933963_n.jpg1660644236.jpg

गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे माग राखेको राप्रपाले आफ्ना माग पूरा गराउन १३–३१ असारसम्म पहिलो चरण र ११–३१ साउनसम्म दोश्रो चरणको आन्दोलन गरेको हो । दोस्रो चरणको आन्दोलन मंगलबार सकिँदै छ । तेस्रो चरणको आन्दोलनको मोडालिटीबारेमा चाँडै उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले टुंगो लगाउने सार्वजनिक गरिने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार