निर्वाचन कार्यालय पुगे नेता वामदेव

मंगलबार, साउन ३१, २०७९

 

काठमाडाैं,।माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी  निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव  चिन्ह हसिया हताैडा  लिएर उठ्ने भएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार