चुनावी सरगर्मी

२०७४ मा हारेका बामदेवलाई पनि हँसिया हथौडाको ओत 

मंगलबार, साउन ३१, २०७९

काठमाडौं 
अस्थिर राजनीतिक छवि बनाएका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमपनि अन्ततः नेकपा माओवादी केन्द्रकै चुनाव चिह्नबाट आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धामा उत्रने भएका छन् । 

बामदेब जस्तै अस्थिर राजनीतिक छबि बनाएका बावुराम भट्टराईले यसअघि नै माओवादी केन्द्रको चुुनाव चिह्न रोजिसकेका छन् । 

नेकपा एमाले फुटाएर माले बनाएका बामदेव चुनाव हारेपछि पुनः एमालैमा फर्किएर उपाध्यक्षसम्म बने । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया -१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका बामदेव नेकपा विभाजनसँगै एकता अभियान चलाएर बसेका थिए । 

एकता अभियानलाई पार्टीको स्वरुप दिएलगत्तै पार्टीबाटै निश्काशनमा परेका गौतम पछिल्ला दिन बाम गठवन्धन बनाउने, समाजवादी केन्द्र बनाउने, सत्तामा रहेका बामदलबीच एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने लगायतका प्रस्ताव लिएर दलका शीर्ष नेतासम्म पुगे । 

तर सबै प्रयास विफल भएपछि उनी आगामी ४ मंसिरमा हुने निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रने निणर्यमा पुगेका छन् । 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले भट्टराई र गौतमलाई आफ्नो चिह्न प्रयोग गर्न दिने निणर्य गरेको छ । 

सत्ता गठवन्धनका कारण सहज जीत निकाल्न सकिने आंकलनसहित यी दुई नेता माओवादीको चिह्नबाट प्रतिस्पर्धा गर्न तयार भएका हुन् । 

बर्दियाबाट चुनाव हारेपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको छ । संविधान संशोधन गरेरै भएपनि प्रधानमन्त्री बन्ने चाहना राखेका गौतम यो पुरा नभएपछि एमालेबाट राजीनामा दिएर एकता अभियानमा जुटेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार