सोसल मिडिया
Contact Us
युनिकोड
बुटवल । बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ।
लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।
प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन् । प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलवाट प्रकाशित हुदैँ आएको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।