सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर गोदावरी नगरपालिका ११ निवासी एक व्यक्ती वडा नं १२ ठेचोमा मृत भेटिएका छन् । प्रहरी बृत्त चापागाँउका इस्पेक्टर राजेन्द्र थापाका अनुसार चापागाउँका ३१ वर्षीय राजेन्द्र देशार गोदावरी १२ ठेचोमा मृत अवस्थामा फेला परेका हुन् । सोमबार विहान उनी पाखामा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनको शव पाटन अस्पतालमा पोष्ट मार्टममा पठाइएको थापाले बताए । मृतकको साथमा सिरिन्जहरु भेटिएको थापाले बताए । घाउचोट भने नदेखिएको र पोष्ट मार्टमपछि सबै कुरा खुल्ने उनले बताए । उनी लागू औषध प्रयोग गर्ने भएकाले उनको लागू औषधकै कारण मृत्यु भएको आशंका रहेको बताइएको छ । । स्थानीय तथा आफन्तले भने शरीर सुन्निएको अवस्थामा रहेकाले कुटपिटपछि हत्या गरिएको हुनसक्ने बताएका छन् ।