सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अलग अलग घटकले आज सोमबार केन्द्रीय स्तरको बैठक राखेका छन् । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पाटी नेपालले केन्द्रीय स्तरको बैठक राखेका हुन् । लिङदेन नेतृत्वको राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मध्याह्न मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ भने राप्रपा नेपालको केन्द्रीय समितिको बैठक दिउसो १ बजेका लागि डाकिएको छ । राप्रपाले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देखी तेस्रो चरणका आन्दोलनको मोडालिटी लगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘संघीय र प्रदेशसभा निर्वाचनको तयारी देखी तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका अजेन्डा रहेका छन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु पनि यसै बैठकवाट निमार्ण हुनेछन ।’ २२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुने छ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुनेछ,’ श्रेष्ठले भने । बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको बिषयमा पनि छलफल हुने बुझिएको छ । बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए