किसानले मल बाेकेका ट्रक नियन्त्रणमा लिए

रासायनिक मलको कोटा वृद्धि गर्न माग
सोमबार, साउन ३०, २०७९
मयुर प्लाई

वीरगञ्ज । किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ  ट्रक मल नियन्त्रणमा लिएका छन् ।
सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् ।  कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका  वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी  दिए । 
किसानले नियन्त्रणमा लिएका सो मल बालमन्दिर प्राङ्गणमा राखिएको छ ।  सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ । पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ । वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ  ।–रासस 

 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार