स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आजदेखि प्रशिक्षण दिँदै कांग्रेस, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सोमबार, साउन ३०, २०७९

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान  ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार