एमाले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी

बिहीबार, साउन २६, २०७९

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ। 

आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। 

1(3)1660233693.jpg

 

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए । 

सचिवालयको ११ औं बैठकले विभिन्न सात निर्णय गरेको गुरुङले जानकारी दिए ।

एमालेले बोलायो स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक 

नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । 

एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । 

समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार