सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ । गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ । आज छलफल भएका आधारहरुका बारेमा आ(आफ्नो दलमा छलफल गरेर पुनस् बैठक बस्ने सहमति भएको उनको भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ । समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन र देव गुरुङ छन् । यसैगरी नेकपा ९एकीकृत समाजवादी०बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।
बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि चुनावी तालमेलको आधार मान्न सकिने विषयमा समेत छलफल भएको थियो । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ । यसबाहेक बैठकमा संविधान कार्यान्वयन, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा, जनजीविकाका सवाल सम्बोधनलगायत विषयमा गठबन्धन केन्द्रित हुनुपर्ने विषयमा बृहत्रूपमा छलफल भएको उनले बताए । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुन् । कार्यदलको अर्को बैठक यही साउन ३० गते बस्ने बताइएको छ ।