रसुवाको उत्तरगयामा पहिरो खस्दा पासाङल्हामु राजमार्ग अवरुद्ध

बुधबार, साउन २५, २०७९

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार