गाडी तोडफोडका कारण फोहर व्यवस्थापनमा समस्या

मंगलबार, साउन २४, २०७९

काठमाडौँ । सोमबारराति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि  आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको हो ।  गाडी तोडफड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि  स्थानीय र प्रहरीबाट मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जनाकारी दिइन् । 
तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राईले जानकारी दिइन् ।  यसअघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो । सहमति अनुसार चरणवद्ध रुपमा कामपाले काम गरिरहेको पनि राईको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार