ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मंगलबार, साउन २४, २०७९

ललितपुर ।  महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाईते भएका उनको किष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार